नेपाल र इजरायलबीच जनस्तरको सम्बन्ध विस्तार हुँदै

नेपाल र इजरायलबीच पछिल्लो समय जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गएको छ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता बढ्दै गएको भ्रमण आदानप्रदानले आपसी सम्मान, सद्भाव, विश्वास, सहयोग र समझदारीमा आधारित मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुँदै गएको कूटनीतिक क्षेत्रका जानकारहरूको भनाइ छ।

नेपाल विश्व सम्बन्ध परिषद्ले बुधबार आयोजना गरेको नेपाल–इजरायल सम्बन्ध विषयक अन्तक्र्रियामा उनीहरूले द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई राष्ट्रबीच कृषि, स्वास्थ्य, शिक्षालगायत अन्य धेरै क्षेत्रमा सहयोग र सहकार्य सुदृढ हुँदै गएको बताए।

कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरले भौगोलिक रूपमा नेपाल र इजरायल टाढा भए पनि दुई देशबीच अनुपम सम्बन्ध रहेको बताए । उनले दुई देशबीच धेरै विषयमा समानताको सम्बन्ध भएको र पछिल्लो समय दुई देशबीच बढ्दो भ्रमण आदानप्रदानले जनस्तरमा सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गरे।

राजदूत गोल्डर्गरले द्विपक्षीय सम्बन्धपछि नेपालका तत्कालीन प्रधानमन्त्री विपी कोइराला, राजा महेन्द्र, राजा वीरेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले इजरायलको उच्चस्तरीय भ्रमण गरेकाे स्मरण गर्दै इजरायलबाट समेत नेपालमा उच्चस्तरीय भ्रमण हुँदै आएको बताए। उनले द्विपक्षीय सम्बन्धका विविध विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत दुई देशबीच समन्वय र सहयोग हुँदै आएको जानकारी गराए। नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

नेपाल–इजरायल पूर्वराजदूत क्लबका अध्यक्ष डा( शम्भुराज सिम्खडाले तत्कालीन राजनीतिक नेतृत्वको दूरदर्शीताले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको बताउँदै स्थापनापछि दुई देशबीचको सम्बन्ध निरन्तर रहेको मात्र नभई सुदृढसमेत हुँदै गएको उल्लेख गरे।

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक सम्बन्धलाई निरन्तरता दिएर इजरायलको अस्तित्वलाई मान्यता दिने नेपाल यस क्षेत्रको विगतदेखिको एक मात्र राष्ट्र भएकोमा नेपाली जनताले गर्व गर्दै आएको बताए। उनले इजरायलले विभिन्न विकास क्षेत्रमा प्रदान गरेको आर्थिक सहयोग, नेपालीलाई तालिम सुविधा, विभिन्न विषयमा छोटो अवधिको छात्रवृत्ति, कृषि व्यवस्थापन, शिक्षालगायतका क्षेत्रमा इजरायली विज्ञहरू उपलब्ध गराएकामा प्रशंसा गरे।

कार्यक्रममा कूटनीतिक क्षेत्रका विज्ञहरूले सरकार र जनस्तर दुवैको सामूहिक प्रयासले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र नयाँ उचाइ लिने अपेक्षाका साथ नेपाल–इजरायलबीच सम्बन्धमा विविध आयामबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर