अहिलेको संसद्लाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छ : सुवास नेम्वाङ

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसद्लाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको संसद्लाई निष्पक्ष रूपमा सञ्चालन गर्न सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताएका हुन्। उनले सरकारलाई जनताप्रति व्यक्तिगत र सामूहिक रूपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए।

उनले सिंगो प्रतिनिधि सभालाई एकताबद्ध बनाएर, सांसदहरूको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भूमिकामा घिमिरे उपयुक्त पात्र रहेको बताए। उनले घिमिरेले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रस्ताव गरेको बताए।

सांसद नेम्वाङले सभामुख उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले उनले प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरूको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर