देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरूसँग आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सबै सांसदहरूलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन्।

उनले उम्मेदवार घिमिरे सभामुख पदको सुयोग्य पात्र भएको बताए। उनले संसद्को निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताए।

मन्त्री लिङ्देनले सभामुखका उम्मेदवार घिमिरेलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर