सत्तारूढ दलहरूको गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आयाे : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसको तर्फबाट सभामुखका उम्मेदवार इश्वरीदेवी न्यौपानेलाई मतदान गर्ने भएको छ। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन्।

उनले सरकार र सत्तारूढ दलहरूको गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आएको समेत बताए। गृहमन्त्री रवि लामिछाने र शहरी विकासमन्त्री विक्रम पाण्डेको नामै लिएर उनीहरूको रेकर्ड हेरेर पनि मुलुक संकटमा पर्ने अवस्था आएको नेता केसीले बताए।

नेता केसीले लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने अवस्था आएकाले शक्ति केन्द्रहरूले मुलुकमा खेल्न सक्ने अवस्था रहेको पनि बताए।

नेता केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाइँ लडेकाहरूलाई अपमान गर्ने अवस्था आउनु भनेको मुलुकका लागि हितकर नभएको समेत बताए। उनले नेपाली कांग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनी प्रश्न गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *