मधेस प्रदेशमा ई–सेवाको प्रादेशिक कार्यालय सञ्चालन

ई–सेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। योसँगै ई–सेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ।

हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको ई–सेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधायुक्त र सरलस्कृत गर्दै अगाडि बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको कम्पनीले जनाएको छ।

प्रादेशिक कार्यालय जनकपुरको मिल्स एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन गरेका छन्। अबदेखि मधेस प्रदेशका ग्राहक तथा एजेन्टहरूले ई–सेवाको सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालयमार्फत सहज ढंगले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ।

देशभर एक लाख ६५ हजार भन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेको ई–सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब एक करोड ७० लाखले सेवा लिइरहेका छन्। ई–सेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *