जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नीतिगत र व्यावहारिक निर्णय गर्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्‍याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने बताए। उनले देश अहिले पोल्ट्री व्यवसायमा आत्मनिर्भर भएको बताए। उनले वनस्पतिजन्य खाद्यान्नमा पनि आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए।

उनले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यावहारिक निर्णय गर्न लागेको बताए।

प्रधानमन्त्री दाहालले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरू धेरै रहेको भन्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *