पदीय जिम्मेवारीलाई इमानदारिताका साथ निर्वाह गर्नेछु : उपसभामुख रानामगर

नवनिर्वाचित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता जनाएकी छन्। उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएकी हुन्।

विपक्ष दलका सांसदहरूले समेत उठाएका मुद्दाहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमानदार प्रयास रहने उनले बताइन्। उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन्।

नेपाली जनताको हक, अधिकारलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ छ। उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर