नेप्से परिसूचक १३.७१ अंकले गिरावट

नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से १३.७१ अंक घटेर २१६५.१० बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ।
सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंकिङ उपसमूहको परिसूचक १.०८ अंक बढेको छ। तर, यता विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेमा गिरावट आए ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै पिपुल्स हाइड्रोपावर र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *