आत्मदाह गरेका आचार्यको परिवारसँग गृहमन्त्री लामिछानेको भेट

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरेका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका उनका परिवारलाई भेट्न बुधबार कीर्तिपुर अस्पताल पुगेका उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरूबाट वाक्क भएर केही गर्नका लागि राजनीतिमा प्रवेश गरेको बताए।

उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौं भन्ने मनशायबाट आएको बताए। उनले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ट छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले आफूबाट भएका कमीकमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए।

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी छन्। उनले देशमै केही गरौं भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन्।

उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताइन्। गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरूले शव बुझेका छन्। मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर