ग्लोबल आईएमई बैंकद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग

ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका-१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराई सहयोग गरेकोे छ।

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमबीच बैंकका बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदूर ज्ञवालीले चितवन माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरू विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई वितरण गरेको छ।

ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरूको आयोजना गरी आम नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ।

कार्यक्रममा बैंकका शहीदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेमबहादुर गुरुङलगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *