राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि निर्वाचन गर्न २०७९ माघ २३ गते सोमबारको लागि मिति तोकेको हुन्।

उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशन दिएका छन्।

बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। राष्ट्रिय सभाको आगामी बैठक माघ २३ गते सोमबार बिहान ११:५९ मा बस्ने गरी बोलाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर