मन्त्रीबाट राजीनामा दिन बालुवाटार पुगे रवि लामिछाने

रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्।

लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउन लागेका हुन्।

सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो। सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुनः प्रक्रिया पु¥याएर नागरिकता लिनुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *