राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : रामनारायण बिडारी

राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताए। उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरूबाट मुक्ति मिल्ने बताए।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीमा दलगत गन्ध धेरै आएको बताए। उनले राष्ट्रपति भण्डारीले राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए। उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भए पनि पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यकता रहेकाे बताए।

उनले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्‍याे भन्दै प्रश्नसमेत गरे। राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्विप लाग्दैन भन्ने अर्थ रहेको स्पष्ट पारे। वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ह्विप नलाग्ने अभ्यास गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर