सप्तकोशी नदिमा डुवेका २ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका- १ स्थित सप्तकोशी नदिमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले बैशाख १४ गते सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको धरान उपमहानगरपालिका-३ बस्ने २३ वर्षिय रविन परियार र झापा जिल्लाको गौरादह गाउँपालिका-३ बस्ने २१ वर्षिय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदिमा डुवेका थिए ।

सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरुको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *