औपचारिकतामा मात्रै सीमित रहेर देशको विकास सम्भव छैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रूपमा विकास गर्न माग गरेका छन्।

आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सबै अस्पतालहरूलाई सेवा प्रदान गर्न सक्ने क्षमताको रूपमा विकास गर्न जरुरी रहेको बताए। सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोगसम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताए।

उनले गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यकता रहेको बताए। उनले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइ दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रूपमा विकास गर्न जरुरी रहेको बताए।

उनले अब पनि औपचारिकतामा मात्रै सीमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गरे। सांसद पौडेलले सरकारी कार्यलयहरूमा काम गर्नेहरूको सुविधाका बारेमा राज्यले पुनःविचार गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *