मुटु रोगसम्बन्धी सेवाहरूलाई विकेन्द्रीकरण गर्न जरुरी : राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोगसम्बन्धीका सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन्।

आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले अस्पतालका सेवाहरूलाई विकेन्द्रीकरण गरी प्रादेशिक स्तरमा पु¥याउनु अति आवश्यक देखिएको बताइन्।

उनले गंगालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना गर्न सरकारले पहल गर्ने पनि बताइन्। उनले १५ वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन्।

स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *