रिद्धि सिद्धि सिमेन्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्ट लिमिटेडद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए। सोही गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

प्रशासन प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं. ३ का वडासदस्य बुद्धिमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेशकुमार सिंहको पनि उपस्थिति थियो।

कम्पनीले सबैको स्वास्थ्यप्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने बताएको छ। उक्त कार्यक्रम खड़क तुम्सिङले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर