ललितपुरमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ घाइते

ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा परी दुवै सवारी साधनमा सवार छ यात्रु घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको ‘बा २ ज ३४२०’ नम्बरको ट्याक्सी ‘र ४ च १’ नम्बरकाे विपरीत दिशातर्फ गइरहेको ‘बाम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बीएण्डबी अस्तापलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर