बैंकहरूको चर्को ब्याजदरविरुद्ध माइतीघरमा उद्योगी व्यवसायीको प्रदर्शन

बैंकहरूको चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीहरूले काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन्।

‘भिख मागेर देश चलाउने अर्थ नीति बन्द गर’,‘ब्याजदर घटाऊ, गरिखान देऊ’, ‘गरिखाने मर्दैछ, सरकारको राजस्व घट्दैछ’ लगायतका प्लेकार्ड बोकेर उनीहरूले आज प्रदर्शन गरेका हुन्।

बैंकहरूको चर्को ब्याजदर, कालोसूची, धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिन प्रतिदिन निरुत्साहित बन्न बाध्य भएकाे उनीहरूको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर