काम भए दया, बेइमानी गरे दण्ड : मन्त्री किराती

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन्।

मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरूलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन्।

पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गरे। उनले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे।

उनले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालीन,अल्पकालीन र दीर्घकालीन क्यालेण्डर बनाउन आग्रह गरे। उनले मन्त्रालयले क्यालेण्डरअनुसार काम भए नभएको आवश्यकताअनुसार अनुगमन गर्ने पनि बताए।

मन्त्री किरातीले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिए। उनले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै विकास कोषको ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताए।

उनले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु गर्न सक्ने भन्दै कोषले विश्वविद्यालय, अस्पताल र विद्यालयहरू सञ्चालन गर्नु सामान्य काम भएको बताए। मन्त्री किरातीले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैर आध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताउए।

मन्त्री किरातीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिए। उनले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए भन्ने नाम दिए पत्रकारहरूको सामु पढेर सुनाउने बताए। उनले एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुने गरेको सुन्नमा आएको भन्दै अब त्यस्तो कुरा सुनिए तत्काल कारबाही गर्ने चेतावनी दिए।

मन्त्री किरातीले मान्छे पोल्ने काममा समेत शोषण हुने गरेको विषय सुनेको भन्दै शोषण अन्त्य गर्न निर्देशन दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *