अयोध्यामा ‘नेपाल हाउस’ बनाउन मुख्यमन्त्री आदित्यनाथलाई कांग्रेस नेता शाहको प्रस्ताव

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद अभिषेकप्रताप शाहले अयोध्यामा ‘नेपाल हाउस’ बनाउन आग्रह गरेका छन्। भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर शाह नेतृत्वको चार सदस्यीय नेपाली टोलीले अयोध्यामा नेपाल हाउस बनाउन आग्रह गरेको हो।

बिहीबार मुख्यमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा शाहले अयोध्यामा नेपाल हाउस बनाउन गरेको प्रस्तावप्रति मुख्यमन्त्री आदित्यनाथ सकारात्मक रहेको भेटमा सहभागी नेपाल फाउन्डेशनका अध्यक्ष विकास ठाकुरले जानकारी दिए।

ठाकुरका अनुसार मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता पनि जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *