भारत र युएई भ्रमणमा जाँदै महानिरीक्षक सिंह

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावी जाने भएका छन् ।

आगामी मंगलबार देखि बिहिवारसम्म आबुधावीमा हुने इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन महानिरीक्षक सिंह सोमबार बिहान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा आर्थिक अपराध, साइबर अपराध, आतंकबाद र मानव बेचबिखन नियन्त्रण सम्बन्धमा छलफल हुने बताइएको छ । इन्टरपोलमा आवद्ध एसियाली देशका प्रहरी प्रमुखहरु कार्यक्रममा सहभागी हुने हुनेछन् ।

यो भ्रमणपछि महानिरीक्षक सिंह भारतको हैदराबाद जाने कार्यक्रम रहेको छ ।

भारत हैदराबादको नेशनल पुलिस एकेडेमीमा आयोजना हुने इण्डियन पुलिस सर्विस (आइपीएस) अफिसरहरुको दिक्षान्त समारोहमा महानिरीक्षक सिंह सहभागी हुनेछन् ।

एशियाकै उत्कृष्टमध्ये एक यस प्रहरी प्रशिक्षणमा नेपालका तर्फबाट समेत नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत सहभागि रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर