सिरहाबाट नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

सशस्त्र प्रहरी बल, नेपालको टोलीले सिरहाबाट गएराती नक्कली नेपाली रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

एपीएफको टोलीले सिरहाको लहान नगरपालिका–८ बाट चार लाख ३५ हजार नक्कली नेपाली रुपैयाँसहित दुईजनलालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा सिरहाका मोहम्मद ओसिन र मोहम्द राज शेख रहेका छन् ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि सुरक्षा बेस लहानसँग समन्वय गरि घटनास्थलबाट ईलाका प्रहरी कार्यालय लाहनमा बुझाइएको एपीएफले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर