प्रधानसेनापति शर्माले गरे सामूहिक तालिमको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वार्टअन्तर्गतका फौजहरू सम्मिलित भई ललितपुरको लेलेमा सञ्चालन भइरहेको सामूहिक तालिमको सोमबार निरीक्षण गरेका छन्। हाल नेपाली सेनाका विभिन्न युनिटहरू आ–आफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिमको क्रममा छन्।

निरीक्षणको क्रममा प्रधानसेनापति शर्माले तालिमका विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन पनि गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर