काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं महानगरपालिका–१७ खुसिबु बस्ने ५९ वर्षीय धर्मेन्द्र महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा महर्जनसहित ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ३० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर