झापामा एयर गन, पेस्तोल र गोलीसहित ४ भारतीय पक्राउ

झापाको मेचीनगर नगरपालिका ६ बाट अवैध हतियार एयर गनसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार छन्।

सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको छ।

उक्त हतियार र गोलीसहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *