७६.६४ अंकले बढ्यो नेप्से, ३ अर्ब ३६ करोडमाथिको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अंकले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अंकले बढेर चार सय १४ दशमलव ८७ मा पुगेको छ । यस्तै कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृृद्धि भएको छ । कारोबार भएका कुल दुई सय १५ कम्पनीको शेयर मूल्यमा वृृद्धि हुँदा एउटा मात्रै कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

विभिन्न कम्पनीका कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता शेयर तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ४२ अर्ब दुई करोड ३२ लाख ४४ हजार एक सय ८६ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको शेयर १२ करोड ९२ लाख ४२ हजार सात सय २६ रुपैयाँमा कारोबार भएको छ । यस्तै न्यादी ग्रुप पावर११ करोड तीन लाख ७० हजार पाँच सय ४४, अपि पावर कम्पनी नौ करोड ३९ लाख ९९ हजार आठ सय ३४ र हिमालयन डिस्टिलरी छ करोड ६४ लाख ७२ हजार एक सय ७२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै रिडी पावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।

यस्तै आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र पाँच दशमलव ९०, एभेष्ट बैंकको ऋणपत्र एक दशमलव ९५,एनआईबीएल प्रगति फण्ड एक दशमलव ६९, नेपाल एसबीआई बैंकको ऋणपत्र एक दशमलव ५८ र लक्ष्मी बैंकको ऋणपत्रको मूल्य एक दशमलव २९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *