ती महिला जोसँग राजकुमार ह्यारीले ‘भर्जिनिटी’ गुमाए

बेलायती राजकुमार प्रिन्स ह्यारी अहिले आफ्नो आत्मकथा ‘स्पेयर’ का कारण चर्चामा छन् । उक्त पुस्तकमा उनले बेलायती दरबारभित्रका र निजी विषयमा पनि धेरै खुलासा गरेका कारण विश्वभर नै यसको चर्चा भएको हो ।

‘स्पेयर’मा छापिएका नयाँ नयाँ प्रसंगले चर्चा पाइरहेको बेलामा अहिले राजकुमार ह्यारीले आफ्नो भर्जिनिटी गुमाएको विषय बाहिरिएको छ । साथै, ह्यारीको पहिलो पटक यौनसम्बन्ध भएकी महिलाले पनि उक्त तथ्यलाई पुष्टि गरेकी छन् ।

ह्यारीको पहिलो पटक यौनसम्बन्ध भएकी महिला हुन्, साशा वालपोल । हालै मात्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द सन’ सँगको कुराकानीमा साशाले पनि ह्यारीसँग सम्बन्ध भएको स्विकारेकी छन् ।

साशाले भनेकी छन्, उनको बर्थडे पार्टीमा ह्यारीसँग सम्बन्ध भएको थियो । सबै जना भित्र पार्टीमा व्यस्त हुँदा उनीहरु भने बाहिर घाँसे मैदानमा खुला स्थानमा आएका थिए । उनीहरुबीचको सम्बन्ध पाँच मिनेटसम्म चलेको थियो भने साशाले ह्यारीको भित्री वस्त्रसमेत याद रहेको बताएकी छन् ।

दुवै जना पार्टीमा छुट्टाछुट्टै फर्किएका थिए । तर, साशाले आफ्नो साथीहरुले यसबारेमा थाहा पाएर जिस्काएको उल्लेख गरेकी छन् । ‘त्यतिबेला सुरुवातमा उनले पहिले नै भर्जिनिटी गुमाएका थिए, जस्तो लागेको थियो,’ साशाले भनेकी छन्, ‘ऊ कुमार केटोजस्तो देखिँदैन थियो । ऊ के गरिरहेको थियो भन्ने उसलाई थाहा थियो । तर अन्त्यमा ऊ ‘भर्जिन’ रहेको मैले महसुस गरेँ ।’ साशाले त्यतिबेला ह्यारी सुन्दर र बहिर्मुखी व्यक्तित्व पाएको बताएकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *