राष्ट्र बैंकको सहायक पदमा आकर्षण कि बेरोजगारीको बाध्यता?

नेपाल राष्ट्र बैंकको सहायक पदका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ५ हजार ४३८ जना उत्तीर्ण भएका छन्।

राष्ट्र बैंकले प्रशासन सेवातर्फको सहायक द्वितीय पदमा २४ जनाका लागि विज्ञापन गरेकोमा १३ हजार ७४९ जना लिखित परीक्षामा सहभागी भएका थिए। आयोगले सार्वजनिक गरेको माघ ८ गते सञ्चालित परीक्षाको नतिजाअनुसार परीक्षामा सम्मिलितमध्ये ५ हजार ४३८ जना प्रथम चरणको परीक्षा उत्तीर्ण गरी दोस्रो चरणका लागि छनोट भएका हुन्।

राष्ट्र बैंकले खुला १३, महिला ३, आदिवासी जनजाति ३, मधेसी २, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ जना गरी २४ जनाका लागि सो पदमा विज्ञापन खुलाएको थियो।

सामान्य पद र सीमित संख्याका लागि लिइएको परीक्षामा हजारौं युवा सम्मिलित हुनुले राष्ट्र बैंकको जागिरमा आकर्षणभन्दा बढी नेपालको बेरोजगारीको दर्दनाक अवस्था प्रतिबिम्बित गर्दछ।

हेर्नुहाेस् नतिजा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर