संसद् हो कि चुनावी सभा छुट्याउन गाह्रो भइरहेको छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक संघीय संसद्मा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद् हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताएका हुन्।

नेता पौडेलले संसद्मा झुटो बोल्नु हुँदैन भन्ने हेक्कासमेत सांसदहरूले राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले संसद्मा झुटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउने कुरालाई हेक्का नराखी नेताहरूले बोल्ने गरेकोमा पनि आपत्ति जनाए।

सांसद पौडेलले भने, ‘मलाई यो संसद् हो कि चुनावी सभा हो, छटयाउन गाह्रो भइरहेको छ। कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन। सबैको नजर केन्द्रित भएर संसद्मा झुटो बोल्नु हुँदैन। यसलाई खण्डन गरिनेछ । यसले मेरो व्यक्तित्वमा आँच आउनेछ।’

नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *