नेपालको सरकार विदेशीको इसारामा बन्ने र ढल्ने गर्छ : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरूको इसारामा नेपालको सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विदेशीहरूको निर्देशनमा नेपालका अर्थतन्त्रहरू निर्माण हुने गरेको दाबी गरेका हुन्।

उनले नेपालको अर्थतन्त्र मुठ्ठीभर मानिसको हातमा गइरहेको बताए। महासचिव चन्दले नवउदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठ्ठीभर विदेशी एकाधिकार पुँजीपतिहरूले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताए।

उनले देशभित्रै केही गर्छु भन्ने मध्यमवर्गीय उद्योगी व्यवसायीहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताए। उनले थोरै मानिसहरूले अर्थतन्त्र अधीनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको बताए। महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादभित्र लैजानका लागि रूपान्तरण गर्न आवश्यक रहेको बताए।

महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिने गरी अघि बढ्ने बताए। उनले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गरे।

उनले नेपाल कम्युनिष्ट पार्टीलाई जनआधारित पार्टी बनउनुपर्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरी परिवर्तनको संवाहकका रूपमा पार्टीलाई उभ्याउने बताए। उनले विचार मिल्ने र मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरूसँग सहकार्य हुने पनि स्पष्ट पारे।

महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर