दलीय आबद्धताबाट अलग भएको राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको घोषणा

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र जिम्मेवारी त्यागेकी छन्।

उनले बुधबार एक सूचना जारी गरी उपसभामुख निर्वाचित भएपछि आफू आबद्ध रहेको दल माओवादी केन्द्रको पार्टी सदस्यता र राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गरेकी हुन्।

संविधानमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधि सभाको सभामुख र उपसभामुख दलमा आबद्ध हुन नपाउने व्यवस्था छ।

अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा २३ माघमा सर्वसम्मत रूपमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर