हाम्राे पार्टी केही हाेइन भन्नेलाई सुदूरपश्चिमबाट देखाइदियाैं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे। उनले नेकपा एमालेले अन्तितमा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए।

अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भुमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताए। उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताए।

अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दूषित रहेको बताए। उनले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको बताए। उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई एकीकृत समाजवादी पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए।

अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर