राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छ : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके (चन्द्रकान्त) राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँनयाँ कुराहरूलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका हुन्।

उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताए। उनले राज्यले कुनै पनि प्रकारका प्रविधिहरूको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने? सुरक्षा नीति के हुने लगायतको विषयमा विशेष रूपमा ध्यान पुर्‍याउनुपर्ने बताए। उनले प्रविधिहरुको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए।

उनले सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे। विज्ञान, प्रविधिको प्रयोग तथा बिस्तारका लागि राजनीतिकस्तरमा पनि चेतना हुनुपर्ने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर