सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ

सशस्त्र प्रहरीले वीरगञ्जमा स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा बस्ने २५ वर्षीय रामप्रवेश कुमार छन्।

आइतबार बिहान ११ः४५ बजे भारतबाट बीआर ०५ एभी ३४७७ नम्बरको मोटरसाइकल चढेर नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनले लगाएको हेल्मेटमा उक्त रकम फेला परेपछि पक्राउ गरेको हो।

वीरगञ्ज-१६ शंकराआचार्य गेटस्थित वीरगञ्ज बीओपीका सशस्त्र प्रहरी नायब निरीक्षक कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाइल टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनको साथबाट एक हजार दरका ७५० थान र १०० दरका ५०० थान गरी जम्मा ८ लाख रुपैयाँ बरामद भएको होे।

नगद, मोटरसाइकल र एक थान मोबाइलसहित पक्राउ गरिएका उनलाई अहिले बीओपी वीरगञ्जमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर