परराष्ट्रमन्त्री पौड्यालसँग नर्वे र दक्षिण कोरियाका राजदूतको भेट

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेकी छन्। मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री पौड्यालले नेपालको शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि नर्वेली सरकारलाई धन्यवाद दिइन्।सो अवसरमा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाएकी थिइन्।

त्यसैगरी आजै परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेका छन्। भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बताइन्।

भेटमा राजदूत म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायित्वको पक्षमा रहेको बताएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर