ताप्लेजुङको ओलाङचुंगोलालाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुंगोलामा केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुंगोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो।

ओलाङचुंगोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ-७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए। ओलाङचुंगोलालाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर