भारतीय विदेशसचिवपछि अमेरिकी उपसहायक विदेशमन्त्री पनि काठमाडौंमा

अमेरिकाकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर काठमाडौं आइपुगेकी छन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एशियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अख्तर सोमबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। भ्रमणका क्रममा उनले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछिन्।

भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।

गत हप्ता मात्रै यूएसएआईडीकी प्रशासक सामन्था पावर नेपाल भ्रमणका लागि आएकी थिइन्। उनीअघि राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आएकी थिइन्।

यसअघि सोमबार नै बिहान भारतीय विदेशससचिव विनयमोहन क्वात्रा पनि काठमाडौं आएका छन्।

पछिल्लो समयमा नेपालमा विदेशी उच्च अधिकारीहरूले तारन्तार भ्रमण गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर