बीमा दाबी गर्न बिग्रिएकाे गाडीमा आफैं आगो लगाउने चालक पक्राउ

बीमा दाबी गर्ने मनासयले आफैैं गाडीमा आगो लगाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गाडी चालक मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरी छन्। सोमबार बिहान उनी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले बीमा दाबी गर्ने मनसायले लु.२ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेका हुन्।

मधुवन नगरपालिका-४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गए राति आगो लागेर उक्त गाडी पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो।

माघ २० गते उक्त गाडी बिग्रिएकाले मर्मतका लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढी रकम लाग्ने हुँदा चौधरीले बीमा दाबी गर्ने मनसायले गाडीलाई आइतबार राति उक्त स्थानमा लगेर डिजेल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर