बालाजु क्षेत्रका यातायात मजदुरले जलाए प्रहरीको गाडी, भोलिदेखि उपत्यकाभित्र गाडी नचलाउने

ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनमा उत्रेका बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको गाडी जलाएका छन्।

बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले प्रहरीको एउटा गाडीमा आगो लगाएका हुन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन्।

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन्।

काठमाडौं महानगरपालिका समेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आन्दाेलनमा उत्रेका हुन्।

यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर