एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

भारतीय विदेशसचिव विनयमोहन क्वात्राले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।

मंगलबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई देशको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो।

यसअघि उनले आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।

सोमबार नेपाल आएका सचिव क्वात्रा नेपालको औपचारिक दुई दिने भ्रमण सकेर आज स्वदेश फर्कने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर