रक्षामन्त्री उप्रेती र भारतीय सेनाध्यक्ष जनरल पाण्डेबीच भेटवार्ता

भारत भ्रमणमा रहेका रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतीय स्थल सेनाका अध्यक्ष जनरल मनोज पाण्डेबीच भेटवार्ता भएको छ।

सोमबार भएको भेटर्वाामा दुई देशबीच रहेको बलियो रक्षा सम्बन्धलाई थप विस्तार गर्नेबारे छलफल भएको भारतीय सेनाले जनाएको छ।

सेनाध्यक्ष जनरल पाण्डेलाई नेपाली सेनाले फागुन ६ गतेकाे सेना दिवस-२०७९ का अवसरमा नेपाल आउन निमन्त्रणासमेत गरेको छ।

रक्षामन्त्री उप्रेतीले सोमबार नै भारतीय समकक्षी राजनाथ सिंहसँग पनि भेटवार्ता गरेका थिए।

भारतको बैंग्लोर कर्नाटकामा सोमबारदेखि सुरु भएको ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औं संस्करणमा रक्षामन्त्री उप्रेतीले भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन्।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सैनिक सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

भारत सरकारको निम्तोमा रक्षामन्त्री उप्रेती पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।

मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर