चितुवाको छालासहित धादिङमा २ जना पक्राउ

धादिङमा थाक्रे गाउँपालिका-२ बाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ चापाखर्क बस्ने ३० वर्षीय दीपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेका छन्।

उक्त ठाउँमा बाघको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरीले शिरदेखि पुच्छरसम्मको चितुवाको छालासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर