नागरिक समाजका अगुवाहरूका विरुद्धमा अनेरास्ववियु लाग्नुपर्छ : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरूका विरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताएका छन्।

मंगलबार अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले)को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए। उनले बुर्जुवाहरूले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरे पनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हितको पक्षमा काम गर्दा पनि सडकमा आउने गरको भन्दै आपत्ति जनाए।

नागरिक समाजको अगुवाहरू यथास्थितिवादको पक्षमा रहेको उल्लेख गर्दै उनले उनीहरूले समाज विकासलाई रोक्न भूमिका खेलेको बताए। महासचिव पोखरेलले एमालेका विरुद्ध सडकमा आउने नागरिक समाजकै विरुद्ध अनेरास्ववियु वैचारिक र राजनीतिक रूमा खडा हुनुपर्ने बताएका हुन्।

महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्यमान्यताको जगेर्ना गर्नुपर्ने बताए। उनले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियुका विद्यार्थीहरूलाई आग्रह गरे। इतिहास र संस्कृतिमाथि आक्रमण भए राष्ट्र कमजोर हुने उनको भनाइ छ।

उनले एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने बताए। देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *