राष्ट्रपतिका लागि शक्ति राष्ट्रहरूले प्रत्यक्ष रूपमा नै भूमिका खेले : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रूपले भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्। उनले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए। उनले यसले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए।

सांसद केसीले नेपाली सरकार प्रमुखहरूले विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी गरे। उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए।

उनले भूगोलको हिसाबले राष्ट्र सानो ठूलो भए पनि सार्वाभौमसत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो ठूलो नहुने बताए। सांसद केसीले नेपालमा गणतन्त्रमाथिको खतरा गणतन्त्र पक्षधरहरूबाट नै रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *