अस्पताल पुगेर सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे देउवाले लिए जानकारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले ग्यास सिलिण्डर विष्फोटमा परी जलेर घाइते भएका भण्डारीको स्वास्थ्उ अवस्था बुझेका हुन्। विष्फोटमा घाइते भण्डारीकी आमा हरिकलाको भने सोही अस्पतालमा उपचारका क्रममा निधन भइसकेको छ।

यसैबीच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन्।

जलेर गम्भीर घाइते सांसद भण्डारीको अवस्था जटिल रहेकाले उनलाई थप उपचारका लागि भारत लैजान लागिएको छ।स

गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए। उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *