मन्त्री र सचिवहरूले दिनभर गोप्य मिटिङ भनेर समय बिताइरहेका छन् : सांसद दाहाल

राष्ट्रिय सभाका सांसदहरूले संसद्लाई ‘विजनेश’नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रति नै असन्तुष्टि जनाए। बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले बैठक भनेर समय बिताउने मन्त्रीहरूको तौरतरिका ठीक नभएको बताए। सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद्लाई ‘विजनेश’ नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन्। उनले निजामती कर्मचारी ऐन कहाँ छ भनी सरकारलाई प्रश्न गरिन्।सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको बताइन्।

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरूलाई आग्रह गरिन्। उनले महिला जनप्रतिनिधिहरू संघीयताको भावनाअनुसार काम गर्न अझ बढी जिम्मेवार बन्नुपर्ने देखिएको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर