नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड ‘मार्की राइड’ हुँदै

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनर्स ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरूमार्फत युवाहरूको बाइकिङ प्रतिको जोश मनाउने गरेको छ ।

स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनर्स ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुल्न सफल भएको छ । ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइडसहित २८ वटा राइडहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ । परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैं सक्रिय रूपमा संलग्न रहेको यो ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउने भएको छ । फागुन ११ गते बिहीबारबाट सुरु हुने अपाचे ओनर्स ग्रुप (एओजी) को मार्की राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरू सहभागी हुनेछन् । उक्त यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।

मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरूले अनलाइन आवेदन दिएका छन् । काठमाडौंबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बैंग्लोर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ ।

राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन् । राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरूको पनि भ्रमण गर्नेछन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरूका साथै गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक बाइकिङ पोशाक र प्रविधिहरूको प्रदर्शनी गरिनेछ । मार्की राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरूले भाग लिनका लागि आवेदन दिन पाउनेछन् ।

टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ । यी राइडहरू काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, विर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । एओजी अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरूको प्रेम, जोश र लगाव बाँड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरूले बनेको यस समुदायले सम्पूर्ण राइडरहरूलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरूमा संलग्न गराउँछ ।

जगदम्बा मोटर्स प्रा. लि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको दुई पांग्रे ब्राण्डका रूपमा स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *