भारतीय गायक-गायिकाको प्रस्तुतिमा झुम्यो दशरथ रंगशाला (तस्बिरहरू)

ग्याल्पो ल्होसारको अवसर पारेर मंगलबार साँझ दशरथ रंगशालामा कन्सर्ट भएको छ । मंगलबार दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ भएको हो ।

कन्सर्टमा भारतीय चर्चित गायिका आस्था गिलसहितका कलाकारले प्रस्तुति दिएका थिए । कन्सर्टमा उनले आफ्नो चर्चित गीत-संगीतबाट दर्शक रिझाएकी हुन् । कार्यक्रममा गायिका गिलले ‘पानी पानी’, ‘कमरिया’, ‘अभी तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन् ।

दर्शकले भरिभराउ कन्सर्टमा गिलको अलवा सृष्टि तवाडे र नेपाली डान्स ग्रुप एभेरष्ट लगायतले प्रस्तुति दिएका थिए । अबेर रातिसम्म चलेको कन्सर्टमा भारतीय चर्चित र्‍यापर किङ, डिभाइनलगायत थुप्रैले समेत प्रस्तुति राखेका थिए । कन्सर्टमा दर्शकहरूले रमाइलो गरी उफ्रीउफ्री नाचेर कन्सर्टको मनोरञ्जन लिएका थिए ।

दर्शकका लागि बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार समेटेर रंगशालामा कन्सर्ट आयोजना भएको हो । आयोजकले कन्सर्टले सांगीतिक पर्यटन बढाउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर