प्रहरीका ९ जना कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन हेडक्वार्टरको सूचना

नेपाल प्रहरीका ९ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा २ जना प्रहरी सहायक हवल्दार, ६ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी छन्।

गत कात्तिकयता गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूको बुधबार नामावलीसहित सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई ७ दिनभित्र हाजिर हुन भनेको छ। उनीहरू आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास तथा सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएको जनाइएको छ।

बाटोको म्यादबाहेक सूचना जारी भएको मितिले ७ दिनभित्र गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन नआए उनीहरूलाई सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

हेर्नुहाेस् सूचना :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर